गंगादशहरा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

<span class='c1'>गंगादशहरा पर्व मनाइँदै, यस्तो</span> <span class='c2'>छ धार्मिक महत्व</span>

जनकपुर । पूर्वी तराईका हिन्दू धर्मावलम्बिहरुले आज गंगादशहरा पर्व मनाउँदैछन् । जनकपुरधामसहित मधेश प्रदेशमा यो पर्व विशेष उत्साहका साथ मनाईन्छ । नेपाल र भारतभरिनै मनाईने गंगादशहरा पर्व गंगाघाट, जनकपुरधामको गंगासागर र दशरथ तलाउ, भारतको पटना घाटमा विशेष पूजा अर्चना गरी मनाईन्छ ।

गंगा आजकै दिन पृथ्वीमा अवतरीत भएको मानिन्छ । यो पूजा गर्दा १० वटा फूल, १० वटा दियो, १० वटा फलफूल र १० वटा नैवेद्य चढाउने परम्परा रहेको छ । गंगा उत्पत्तिको विभिन्न धार्मिक कथा र किम्बदन्तीहरु भएपनि मुख्यतः आजको दिनमा गंगा पृथ्वीमा आएको कारणले नै गंगादशहरा मनाउने गरिएको हो । हिन्दू पौराणिक ग्रन्थका अनुसार, सूर्यवंशी महाराज सगरले अश्वमेध यज्ञ आयोजना गरेका थिए । यज्ञको घोडा इन्द्रले चोरेर कपिल मुनिको आश्रममा लुकाइदिएपछि घोडा खोज्दै गएका सगरका ६० हजार छोराहरूले मुनि ध्यानमा बसेको बेला बाधा पुर्याए । मुनिको क्रोधले उनीहरू सबै खरानी भए र उनीहरूको उद्धार हुन सकेन । पछि तिनै सगरका वंशज राजा भागीरथले आफ्ना पुर्खाहरूको मुक्तिका लागि कठोर तपस्या गरी माता गंगालाई पृथ्वीमा अवतरण गराएका थिए । गंगाको वेग अत्यधिक भएकाले धर्तीमा प्रलय हुन नदिन भगवान शिवले उनलाई आफ्नो जटामा धारण गरे र त्यसपछि मात्र गंगालाई धर्तीमा बग्न दिएको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ ।

गंगा माताले सगरका छोराहरूको खरानीलाई स्पर्श गरेर उनीहरूलाई मोक्ष प्रदान गरिन । त्यही कारण आजको दिन नदीरतलाउरपोखरीमा स्नान गर्नाले १० प्रकारका पापहरू (पाँच कर्म र पाँच विचारद्वारा गरिएका) नाश भई मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासको भनाई छ । उनले जनकपुरधामको गंगासागर पोखरी र दशरथ तलाउमा स्नान गर्नु शुद्ध मानिने बताए । यसदिन श्रद्धालुभक्तजनहरु दश दिनसम्म दैनिक नदि, तलाउ, पोखरीमा नुहाउने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्