संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ

<span class='c1'>संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई</span> <span class='c2'>निकाल्नुपर्छ : हर्क साम्पाङ</span>

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे । उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे । साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके नियमावलीको ३१ को १ प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्न आदेश दिन आग्रह गरे । उनले भने, ‘धेरै दिनदेखि हामीले प्रधानमन्त्री ज्युको उपस्थिती माग गर्दै आइरहेका छौं । नियम १५ को २ अनुसार सभामुख ज्युले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भैइरहेको छैन । त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले १५ को २ अनुसार प्रधानमन्त्री ज्युलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागु गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरुले यो सदनको गरिमा बढाइदिन म अनुरोध गर्छु ।’

सांसद साम्पाङले आफू सभामाझ ‘बदमास विद्यार्थी’ जस्तो देखिन थालेको टिप्पणी गर्दै सदनको गरिमा यसरी कायम हुन नसक्ने बताए । उनले सभामुखको बाध्यता बुझ्ने उल्लेख गर्दै पनि प्रधानमन्त्रीको उपस्थिती आवश्यक रहेको धारणा राखे । उनले भने, ‘कि त १५ को २ प्रयोग गरेर प्रधानमन्त्री ज्युलाई ल्याउनुपर्यो, कि त ३१ को १ प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश दिनुपर्यो । म आज रिसाउने, कराउने वाला पनि छैन । यहाँको मजबुरी बुझिरहेको छु मैले । यहाँको पनि बाध्यता छ, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन । म अलिकति बदमास विद्यार्थी जस्तो देखा पनि परिरहेको छु संसदमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्