सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?

<span class='c1'>सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी</span> <span class='c2'>स्वदेशी काठका हुन् कि विदेशी?</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसदमा प्रयोग भएको काठ कुन देशको प्रयोग गरिएको हो भन्दै प्रश्न गरेकी छिन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् भवनका कुर्सीहरू कुन देशको काठबाट बनेका हुन भनेर प्रश्न गर्दै नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै पनि
वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरिन् ।

उनले स्वदेशी उत्पादन बढाउन राज्यको नीति स्पष्ट हुनुपर्नेमा जोड दिँदै, स्वदेशी काठ निकाल्न फाइल रोकिने तर विदेशी काठका लागि सजिलै एलसी खुल्ने अवस्थाबारे सरकारलाई प्रश्न गरेकी हुन्। उनले भनिन्,हामी दुई–तीन दिनभित्रै नयाँ संसद् भवनमा सर्दै छौँ। उक्त भवनमा सभामुख र हामी सांसदहरू बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो? नेपालको आफ्नै काठको सदुपयोग हुन नसक्दा वार्षिक अर्बौँ रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको छ।आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ, तर विदेशी काठ भित्र्याउन भने सजिलै एलसी खुल्छ। यो कस्तो खालको नीति हो? मैले सबै वन फँडानी गर्नुपर्छ भनेको होइन, तर हामीसँग भएको प्राकृतिक स्रोतको सही सदुपयोग गर्नुपर्छ। त्यसैले, यो परनिर्भरता बन्द गर्नैपर्छ र यसको सुरुवात यही संसद् भवनबाटै हुनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्