स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

<span class='c1'>स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड</span> <span class='c2'>विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट</span>

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताउँदै यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको बताए ।

उनले भने,‘सबै नागरिकलाई गुणस्तरिय आधारभुत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन गरेको छु । यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरेको छु ।’उनले विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए ।

रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्ने उनले जानकारी दिए ।
उनले भने,‘विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको छु । रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौं ।’
बजेटमार्फत देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ ।

दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ । मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ । बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्