लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री

<span class='c1'>लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट</span> <span class='c2'>भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री</span>

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन् । आइतबार नेकपा एमालेको तर्फबाट सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् ।

त्यसको जवाफमा प्रधानमन्त्री यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको र भारतले यसको जवाफ पनि दिएको जानकारी दिएका हुन् । उनले भने,‘लिपुलेक लिम्पियाधुराकोको विषयमा सरकारले अफिसियल रुपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ । जवाफ पनि आएको छ । जवाफमा दुबै देशका सरकारले आफ्नो इतिहास विद्हरु राखेर र आफ्नो भूमिसम्बन्धी जानकारी भएकाहरुलाई राखेर टेबलटक मार्फत यो कुराको समाधान गर्ने कुरा भएको छ । यसमा भारत र चीन मात्र नभएर ईंग्ल्यान्ड सरकारसँग पनि कुरा गर्ने छौं । छलफल गरेर सरकारले यो विषयमा समाधान निकाल्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्