विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा मजदुरलाई सुर्तीजन्य पदार्थको हानिबारे सचेतना

<span class='c1'>विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा</span> <span class='c2'>मजदुरलाई सुर्तीजन्य पदार्थको हानिबारे सचेतना</span>

विराटनगर । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र साना पाइला सामाजिक संस्थाले उद्योगमा कार्यरत मजदुरहरूलाई सुर्तीजन्य पदार्थ सेवनबाट हुने असर तथा त्यसले स्वास्थ्यमा पुर्‍याउने हानिबारे सचेतना कार्यक्रम आयोजना गरेका छन् ।

मोरङको टंकीसिनवारीस्थित मेघा मेटल क्राफ्ट उद्योगमा आईतबार आयोजित कार्यक्रममा करिब ५० जना मजदुरलाई सुर्तीजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव, विभिन्न रोगको जोखिम तथा यसको दीर्घकालीन असरबारे जानकारी गराइएको साना पाइला सामाजिक संस्थाकी अध्यक्ष डा.मिरा आचार्यले बताइन् । डा.आचार्यले सुर्तीजन्य पदार्थ सेवनका कारण क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्दै गएको उल्लेख गर्दै यसबाट टाढा रहन सबैलाई आग्रह गरिन् ।

उनले भनिन, “सुर्तीजन्य पदार्थले व्यक्तिको स्वास्थ्य मात्र होइन, परिवार र समाजलाई समेत असर पुर्‍याउँछ। सचेतना र दृढ संकल्पमार्फत यसको प्रयोग घटाउन सकिन्छ।”कार्यक्रममा रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष सुजु प्याकुरेल, सचिव नेहरिका गुप्ता, साना पाइला सामाजिक संस्थाकी सचिव सुजता भट्टराईलगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष सुजु प्याकुरेलले विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको सन्देशलाई समुदायस्तरसम्म पुर्‍याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताइन् ।

उनले भनिन, “सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि सबैभन्दा प्रभावकारी उपाय हो। उद्योगमा कार्यरत मजदुरहरूलाई लक्षित गरेर गरिएको यो कार्यक्रम सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं।”

कार्यक्रममा सहभागी मजदुरहरूले सुर्तीजन्य पदार्थ सेवनबाट हुने हानिबारे जानकारी पाएपछि आगामी दिनमा यसको प्रयोग त्याग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्