‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन, नेपालले कसैको भूमि मिचेको छैन’

<span class='c1'>‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन,</span> <span class='c2'>नेपालले कसैको भूमि मिचेको छैन’</span>

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भएको भन्दै उनले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको बताएका हुन् । ‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन्, उनले भने । प्रधानमन्त्रीले संसद्बाट ‘छिमेकी मुलुकको भूमि मिचिएको’ भन्ने अभिव्यक्ति हचुवाका भरमा दिएको आरोप लगाएका छन् । उनले उक्त अभिव्यक्ति संसद् हटाउन र प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने माग गरे ।

उनले भने, ‘तर प्रधानमन्त्रीले हचुवाको भरमा सदनबाट भरको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो यो गैरजिम्मेवारी, राष्ट्रघाती अभिव्यक्ति सरह सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्दै सदनको ध्यानाकर्षण गराउन चाहन्छु । ’ उनले नेपालले कसैको भूमि नमिचेको दाबी गर्दै नेपालको एक इन्च भूमि पनि कसैलाई नदिनेपनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्