काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक Vianet Communications ले ग्राहकहरूका लागि वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले वार्षिक रु. १३ हजार ८ सय (करसहित) मा उपलब्ध गराएको उक्त प्याकेजमार्फत ग्राहकहरूले उच्च गतिको तथा भरपर्दो इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन्।
कम्पनीका अनुसार यस अफरअन्तर्गत सामान्यतया रु. २ हजार ८ सय २५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्नेछ। ग्राहकहरूले केवल रु. १ हजार डिपोजिट तिरेर सेवा जडान गर्न सक्नेछन्।
यससँगै ग्राहकहरूले भायाटिभी सेवा पनि मासिक रु. २५० (करसहित) मा थप गर्न सक्नेछन्। भायाटिभीमा २०० भन्दा बढी च्यानल, लाइभ टिभी पज तथा रेजुम सुविधा, कार्यक्रम तालिका, चलचित्र र विभिन्न सिरिजहरू हेर्न सकिने कम्पनीले जनाएको छ।
वार्षिक प्याकेज लिने ग्राहकहरूलाई पहिलो सेट-टप-बक्सको रु. २ हजार २ सय ६० बराबरको सक्रिय शुल्क पनि छुट दिइनेछ। सेट-टप-बक्सका लागि भने रु. १ हजार डिपोजिट मात्रै लाग्ने व्यवस्था गरिएको छ।
ग्राहकहरूलाई थप लाभ प्रदान गर्ने उद्देश्यले भायानेटले Dami App सँग सहकार्य गरेको छ। यस योजनाअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १ हजार ५ सय बराबरको एक वर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन्। डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा अन्य विभिन्न व्यवसायिक प्रतिष्ठानहरूमा विशेष छुट सुविधा उपलब्ध हुने जनाइएको छ। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकहरूका लागि मात्र लागू हुनेछ।
कम्पनीले “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै” भन्ने सन्देशसहित उच्च गतिको इन्टरनेट, टेलिभिजन मनोरञ्जन तथा बचत सुविधालाई एउटै प्याकेजमा समेटेको जनाएको छ।
यसैबीच, भायाटिभी प्रयोगकर्ताले आगामी 2026 FIFA World Cup हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन्। नेपालमा विश्वकप प्रसारण अधिकार Himalaya Television सँग रहेको छ। कम्पनीले तोकेको दरअनुसार ग्राहकहरूले प्रति टिभी रु. ९९९ तिरेर कुपन खरिद गरेपछि हिमालय स्पोर्ट्स च्यानलमार्फत विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्।