अध्यकक्ष कप नक-आउट फुटबलको उपाधि चौधरी चौकलाई

<span class='c1'>अध्यकक्ष कप नक-आउट फुटबलको</span> <span class='c2'>उपाधि चौधरी चौकलाई</span>

मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगिताको उपाधि चौधरी चौक युवा क्लब, महेशपुर, मोरङले जितेको छ ।

शनिबार नडियाटोकको खेल मैदानमा भएको फाइनल खेलमा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई ३–० गोल अन्तरले पराजित गर्दै चौधरी चौक च्याम्पियन बनेको हो ।

चौधरी चौकलाई उपाधि दिलाउन अनिश राजधामीले दुई तथा सनिस लिम्बुले एक गोल गरे । विजेता चौधरी चौकले ५१ हजार र उपविजेता गोल्डेन स्टारले ३१ हजार रुपैयाँ पुरस्कार पाए ।

फाइनल खेलको म्यान अफ दि म्याच चौधरी चौकका अनिश राजधामी घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई समापन कार्यक्रमको प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी लगायतले पुरस्कृत गरे । दिप ज्योति युवा क्लब, ग्रामथान-१, लखन्तरी, मोरङको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयोगमा जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्