विराट भजन समूहद्वारा महाआरतीको आयोजना

<span class='c1'>विराट भजन समूहद्वारा</span> <span class='c2'>महाआरतीको आयोजना</span>

विराटनगर। विराट भजन समूह परिवारको आयोजनामा आगामी बिहीबार महाआरती हुने भएको छ। १ महिने पुरुषोत्तम–मास (अधिक–मास) कथाको पावन अवसर पारेर उक्त विशेष महाआरती कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार उक्त महाआरती कार्यक्रम जेठ २८गते विराटनगर–१६, रानीस्थित राधाकृष्ण तथा अष्टचिरञ्जीवी मन्दिरमा बेलुका ठीक ५ बजे सुरु हुनेछ। विराट भजन समूहले एक सूचना जारी गर्दै सम्पूर्ण भक्तजन, दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आरतीको आध्यात्मिक लाभ लिन हार्दिक निमन्त्रणा समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्