सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, आजै शपथ

<span class='c1'>सुधन गुरुङ पुनः गृहमन्त्री</span> <span class='c2'>बन्ने, आजै शपथ</span>

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले उक्त विषयमा छानबिन गर्न समिति गठन गरेको थियो।

छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरिएको हो। सरकारको निर्णयसँगै गुरुङले पुनः गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् । त्यस्तै सांसद महावीर पुनलाई पनि मन्त्री नियुक्त गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्