केएमसी मेयर कप पौडीमा कोशीका शिशोभन राईद्वारा राष्ट्रिय कीर्तिमान

<span class='c1'>केएमसी मेयर कप पौडीमा कोशीका</span> <span class='c2'>शिशोभन राईद्वारा राष्ट्रिय कीर्तिमान</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा जारी ‘तेस्रो राष्ट्रिय एक्वाटिक्स केएमसी मेयर कप च्याम्पियनसिप २०२६’ मा कोशी प्रदेशका प्रतिभाशाली पौडी खेलाडी शिशोभन राई ले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

प्रतियोगिताको २०० मिटर बटरफ्लाई विधामा राईले यसअघिको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ रेकर्ड आफ्नो नाममा दर्ता गराएका हुन्। उनको यो उपलब्धिले कोशी प्रदेशको पौडी खेल इतिहासमा नयाँ अध्याय थपेको छ।

राईले अन्य विधामा पनि उत्कृष्ट प्रदर्शन गर्दै ८०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका छन् भने ४०० मिटर फ्रिस्टाइलमा रजत पदक हात पारेका छन्।

कोशी प्रदेश पौडी टोलीका मुख्य प्रशिक्षक इन्द्रजितराज भण्डारी को प्रशिक्षण र मार्गदर्शनमा राईले यो ऐतिहासिक सफलता हासिल गरेका हुन्। प्रशिक्षक भण्डारीले सीमित स्रोत–साधनका बाबजुद खेलाडीहरूले राष्ट्रियस्तरमा कीर्तिमानसहित उत्कृष्ट नतिजा ल्याउनु गर्वको विषय भएको बताए।

देशभरका व्यावसायिक तथा विभागीय टोलीका खेलाडी सहभागी रहेको प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूको प्रदर्शन उल्लेखनीय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्