सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली

<span class='c1'>सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने</span> <span class='c2'>धम्की आयो : खुस्बु ओली</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू प्राप्त भइरहेको दाबी गरिन् । उनले भनिन्, ‘९० प्रतिशत सनातनीहरु बसोबास गर्ने देशमा नेपालको संविधानको धाराले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित हिसावमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतीक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइराखिएको छ ।’उनले नेपालमा ९० प्रतिशतभन्दा बढी सनातनीहरूको बसोबास रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाल सनातन राज्य हुनुपर्ने विषय आफूले उठाएको बताइन् । त्यसपछि सामाजिक सञ्जालमार्फत निरन्तर ज्यानमार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आइरहेको उनको भनाइ थियो ।

सांसद ओलीले व्यक्तिगत रूपमा यस्ता धम्की सहन सक्ने भए पनि यो आफूविरुद्ध मात्र नभई समग्र सनातन धर्ममाथिको प्रहार भएको दाबी गरिन् । साथै उनले धर्मनिरपेक्षताका नाममा यस्ता गतिविधि हुनु दुःखद भएको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ? यो धम्की व्यक्तिगत रुपमा म सहन सक्छु तर यो मलाई होइन सिंगो सनातन धर्म माथिको प्रहार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्