यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन : ज्ञानेन्द्र शाही

<span class='c1'>यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर</span> <span class='c2'>बनेको देश होइन : ज्ञानेन्द्र शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमाको विषय कुनै एक दल वा प्रतिपक्षको मात्र मुद्दा नभई सम्पूर्ण संसद र राष्ट्रको साझा मुद्दा भएको धारणा राखे । उनले देशको बहालवाला प्रधानमन्त्रीले नेपालले अर्को देशको भूमि मिचेको आशयको अभिव्यक्ति दिएको विषयमा संसदले समयमै प्रश्न उठाउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले भने, ‘सिमाको विषय अतिसंवेदनशिल विषय हो । सायद यो प्रतिपक्षको मात्र मुद्दा हो जस्तो लाग्दैन । यो सार्वभौम संसदको मुद्दा हो । यो सबै पक्षको मुद्दा हो । देशको बहालवाला प्रधानमन्त्रीले हामीले अर्काको देशको सीमा मिचेका छौं भनेर भनिरहँदाखेरि हामीले त्यही दिन नै प्रश्न गर्नुपर्ने हुन्थ्यो तर गर्न सकेनौं ।’ उनले भविष्यमा कुनै पनि प्रधानमन्त्रीले नेपालले मिचेको भनिएको भूमि फिर्ता दिनुपर्ने अवस्था आए त्यसबेला कुन भूमि दिने भन्ने प्रश्न उठ्ने भन्दै सीमाको विषयमा संसद गम्भीर हुनुपर्ने उल्लेख गरे । संसद काम गर्ने थलो भएकाले यस्ता राष्ट्रिय महत्वका विषयमा स्पष्ट छलफल हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘आज रास्वपाको प्रधानमन्त्रीले यस्तो बोले भन्ने मात्र होइन भोली अर्को प्रधानमन्त्री आए भने त्यतिखेर देशको सिमाना कहाँ कहाँ मिचेका छौं देऊँ भन्यो भने कताको भूमि दिने ?’

सांसद शाहीले राष्ट्रभन्दा ठूलो कुनै पनि कुरा नरहेको उल्लेख गर्दै विभिन्न पेशा, वर्ग र राजनीतिक विचारमा आबद्ध भए पनि सबै नेपालीलाई जोड्ने साझा आधार नेपाल र नेपाली माटो नै भएको बताए। उनले नेपालको इतिहास सामान्य राजनीतिक गतिविधि, चुनाव वा भाषणबाट निर्माण नभएको भन्दै देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । उनले भने, संसद काम गर्ने थलो भन्छन् यो काम नै हो । यो देशभन्दा ठूलो अरु केही पनि छैन । राष्ट्र भन्दा ठूलो अरु के छ र ? केही यहाँ व्यापारी हुनुहुन्छ होला, कोही सांसद हुनुहुन्छ, कोही कर्मचारी, कोही विद्यार्थी तर हामी सबैलाई जोड्ने एउटै माटो हो नेपाल भन्ने देश । यो देशको इतिहास चाँही तपाईं हामीले जस्तो चुनाव गरेजस्तो, गीत गाएजस्तो, राजनीतिक भाषण ठोकेर बनेको देश चाँही होइन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्