बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन

<span class='c1'>बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा</span> <span class='c2'>अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन</span>

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने,‘हामीले अर्थमन्त्री ज्युलाई शंंकाको लाभ दिएकै थियौं हाम्रो दलको तर्फबाट । हामी यहाँ संसदमा विभिन्न समय सुन्ने समय, विशेष समय केही कुराहरु उठिराखेका थिए । हिजै मात्र सार्वजनिक लेखा समिति र हिजोकै आर्थिक विधेयकमाथिको छलफलको क्रममा सैद्धान्तिक छलफलका क्रममा जसरी अर्थमन्त्री ज्युले जवाफ दिनुभयो त्यसमा संसद्को अवमूल्यन भएको छ । समितिको अबमूल्यन भएको छ । धाकधम्की प्रयोग गर्ने, धम्क्याउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ ।’कार्यपालिकाका सदस्य, संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने उनले बताए । अर्थमन्त्रीले संसद्को मानहानी गरेको उनको भनाई छ ।‘अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेँ भनेर खुलमखुला स्वीकार गर्नुभयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नुभयो भनेका थिएनौँ । उहाँले धम्की दिँदै गरेकै हो, के गर्छौं भन्नुभएको छ । संसद्को मानहानी भएको छ,’ उनले भने ।

यसैगरी उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हट्नुपर्ने बताए । उनले भने, ‘जेठ १७ गते सम्मानिय प्रधानमन्त्री ज्युले राष्ट्रिय स्वाधिनता, सिमा रक्षा र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा व्यक्त गरेको विचारबारे हामीले पटक पटक संसदमा विषय राखिसकेका छौं । परराष्ट्र मन्त्री ज्युले स्पष्टिकरण दिने प्रयास गर्नुभयो । त्यो पर्याप्त छैन । त्यसबारे प्रधानमन्त्री ज्युले नै जवाफ दिनुपर्छ । संसदको अभिलेखबाट नेपालले पनि भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति हट्नुपर्छ भन्ने कुरा राख्दै आएका छौं । यसमा सम्मानीय सभामुख ज्युको रुलिङ होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्