फिफा विश्वकपका लागि पूर्वअभ्यास गरिरहेको इङ्गल्याण्ड टोलीको उपकरण चोरी

<span class='c1'>फिफा विश्वकपका लागि पूर्वअभ्यास गरिरहेको</span> <span class='c2'>इङ्गल्याण्ड टोलीको उपकरण चोरी</span>

एजेन्सी । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

घटना फ्लोरिडामा रहेको इङ्गल्याण्डको पूर्वअभ्यास क्याम्पबाट स्वोप सकर भिलेजमा उपकरणहरू ढुवानी गर्ने क्रममा भएको थियो । जहाँ शनिबार क्यान्सास सिटीमा प्रशिक्षणको लागि टोली आइपुग्नु अघि सेटअप पूरा गर्ने उद्देश्य राखिएको थियो । तर धुवानी गरिरहेको गाडीमा तोडफोड भएपछि उपकरण पनि चोरी भएको जनाइएको छ ।

अधिकारीहरूले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्। ‘हामी आज साँझ हराएको सामानहरू सहित क्यान्सास सिटी आइपुगेको टोलीको गाडीबाट उपकरणहरूको सम्भावित चोरीको अनुसन्धान गरिरहेका छौं,’ रोयटर्सले उद्धृत गरेको प्रहरीले जनाएको छ।

‘अनुसन्धान जारी छ। थप अनुसन्धानको लागि दुई जनालाई हिरासतमा लिइएको छ,’ रोयटर्सले उद्धृत गरेको बेलायती मिडियाका अननुसार चोरी भएको विश्वास गरिएका वस्तुहरूमध्ये बल र बुटहरू पनि थिए।

इङ्गल्याण्डले फिफा विश्वकप २०२६ को समूह एल मा प्रतिस्पर्धा गर्दैछ । जहाँ क्रोएसिया, घाना र पानामा छन् ।

थोमस टुचेलको टोलीले कप्तान ह्यारी केनको नेतृत्वमा २६ सदस्यीय टोली प्रतियोगिताका लागि तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्