विराटनगर । स्वास्थ्य परीक्षण सेवालाई थप सहज र भरपर्दो बनाउने उद्देश्यका साथ एनपिएचएल बाट "क" वर्गको मान्यता प्राप्त 'मेडी क्वेस्ट' ल्याबले अब विराटनगरमा पनि आफ्नो सेवा सञ्चालनमा ल्याएको छ।
विगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्दै आएको मेडी क्वेस्ट आई.एस.ओ. प्रमाणित तथा एन.ए.बी.एल. मान्यता प्राप्त प्रयोगशाला हो। काठमाडौँ उपत्यका बाहिर सेवा विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो भने, यसअघि नै चितवन र पाटनमा यसका संकलन केन्द्रहरू सफलतापूर्वक सञ्चालनमा रहेका छन्।
यस प्रयोगशालामा सीबीसी, मलेरिया, भिडिआरएल/आरपिआर, पिसाबको नियमित जाँच, डेंगु परिक्षण र स्क्रब टाइफस एन्टिबडी जस्ता स्वास्थ्य परीक्षणहरू समावेश गरिएको स्वास्थ्य प्याकेज उपलब्ध रहेको छ । सामान्यतया परिक्षण शुल्क ५,२७५ रुपैयाँ रहेता पनि आगामी तिन महिना असार,श्रावन र भाद्रको लागि विशेष छुट सहित २,९०० रुपैयाँ रहेको छ।
अनुभवी तथा दक्ष प्याथोलोजिष्ट र ल्याब टेक्निसियनहरूद्वारा व्यवस्थापन गरिएको यस प्रयोगशालाले अत्याधुनिक प्रविधिको प्रयोग गरी भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ। यहाँ प्रभावकारी नमुना प्रशोधन पद्धतिको प्रयोग गरी विस्तृत नमुना विश्लेषण र विधिको साथ अत्यन्तै सही तथा भरपर्दो रिपोर्ट प्रदान गरिन्छ ।
विराटनगरमा यो नयाँ शाखा सञ्चालनमा आएसँगै अब स्थानीय बासिन्दाहरूले आफ्नै ठाउँमा उत्कृष्ट र अन्तर्राष्ट्रिय स्तरको ल्याब परीक्षण सेवा पाउने विश्वास गरिएको छ। विराटनगरको कोशी अस्पतालको अगाडि पटटी रहेको छ ।