विराटनगरको होटलमा बसेका एक भारतीय युवकको मृत्यु, कारण खुल्न बाँकी

<span class='c1'>विराटनगरको होटलमा बसेका एक भारतीय</span> <span class='c2'>युवकको मृत्यु, कारण खुल्न बाँकी</span>

विराटनगर । विराटनगरको एक होटलमा बसेका भारतीय युवकको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स कुमारको मृत्यु भएको हो। उनी विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा कोठा लिएर बसिरहेका थिए।

शनिबार राति करिब ११ बजेतिर होटलको कोठामै अचानक बिरामी परेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी मिश्रले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी लोकेन्द्रसिंह गुरुङ तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा छुट्टाछुट्टै टोली खटिएको थियो। प्रिन्सको मृत्युको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्