काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार योजना :बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म

<span class='c1'>काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार</span> <span class='c2'>योजना :बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि स्वास्थ्य सेवामा उल्लेखनीय विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ । महानगरले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमता वृद्धि गर्दै आधुनिक र प्रविधिमैत्री सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । साथै, आरोग्य जीवनशैली प्रवद्र्धनका लागि आयुर्वेद, योग, व्यायाम, प्राणायाम तथा ध्यान कार्यक्रमलाई समेत विस्तार गरिने भएको छ । निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सुरु गर्ने योजना पनि अघि सारिएको छ । महानगरवासीको मृगौला रोग उपचारका लागि डायलसिस सेवा सहजीकरण गरिनेछ भने मातृ, शिशु तथा प्रजनन स्वास्थ्यलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने नीति रहेको छ । सार्वजनिक स्थानमा स्तनपान तथा हेरचाह कक्ष (ब्लक) को व्यवस्था पनि गरिनेछ ।

स्वास्थ्य संस्थाहरूको गुणस्तरीय सेवा सुनिश्चित गर्न नियमन र अनुगमन कडा बनाइनेछ । विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार सेवा लागू गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने महानगरले जनाएको छ। यसैगरी, महानगर अस्पताल निर्माण गर्ने योजना पनि अघि सारिएको छ । मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याइने छ। ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, नियमित स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्