विराटनगर । नेपाल प्रिमियर लिग २०२६ को तयारीलाई तीव्र बनाउँदै विराटनगर किङ्सले आगामी सिजनका लागि आफ्ना मुख्य खेलाडीहरूलाई रिटेन गरेको छ। टोलीले सन्दीप लामिछाने, लोकेश बम, बासिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबास भण्डारीलाई निरन्तरता दिएको हो।
विराटनगर किङ्सले अनुभव, युवा ऊर्जा र सन्तुलित संयोजनलाई प्राथमिकता दिँदै यो निर्णय गरेको जनाएको छ। किङ्सले आगामी सिजनमा अझ प्रतिस्पर्धात्मक र बलियो टोली निर्माण गर्ने लक्ष्य राखेको छ।