विराटनगर । नेपाल स्काउटको स्थापना दिवसको अवसरमा स्थानीय स्काउट कार्यालय विराटनगरको आयोजनामा असार ५ गते स्काउटका बालबालिकासँग विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की संग अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
विराटनगरस्थित कञ्चनजंगा पार्टी प्यालेस, पाञ्चालीमा आयोजना हुने कार्यक्रममा स्काउटमा आबद्ध बालबालिकासँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत बालबालिकाका विचार, अनुभव र सुझाव सुन्ने तथा उनीहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागिताका विषयमा छलफल गरिने बताइएको छ। नेपाल स्काउटको स्थापना दिवसलाई विशेष रूपमा मनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।