रास्वपा कोशी प्रदेशको महामन्त्रीमा युवा नेतृत्व निरज कटुवाल

<span class='c1'>रास्वपा कोशी प्रदेशको महामन्त्रीमा</span> <span class='c2'>युवा नेतृत्व निरज कटुवाल</span>

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम कोशी प्रदेश अधिवेशनबाट इटहरीका युवा नेता तथा नीतिगत अनुसन्धानकर्ता निरज कटुवाल कोशी प्रदेशको महामन्त्रीमा निर्वाचित भएका छन्।

३६ वर्षीय कटुवाल रास्वपाभित्र नीति, योजना तथा संगठन निर्माणका क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आएका युवा नेतृत्वका रूपमा परिचित छन्। पार्टीको स्थापना कालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले नीति तथा योजना विभाग, कोशी प्रदेश समिति सदस्य तथा संगठन विभागको सचिवको भूमिकामा रहेर काम गरेका थिए।

शैक्षिक रूपमा कटुवालले काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययन मा स्नातक तथा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेस बाट अन्तर्राष्ट्रिय विकास अध्ययनमा स्नातकोत्तर गरेका छन्। हाल उनी व्यवस्थापन विषयमा एमबीए अध्ययनरत छन्।

विगत १४ वर्षदेखि जलवायु परिवर्तन, प्राकृतिक स्रोत व्यवस्थापन तथा समुदाय विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत काम गर्दै आएका कटुवाल योजना निर्माण, कार्यक्रम विकास तथा मूल्याङ्कनका क्षेत्रमा अनुभव हासिल गरेका व्यक्ति हुन्। सार्वजनिक नीति नागरिकको दैनिक जीवनमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनको धारणा रहँदै आएको छ।

नीतिगत तथा विकास क्षेत्रको अनुभवसँगै उनी इटहरीमा विगत २८ वर्षदेखि सञ्चालन हुँदै आएको पारिवारिक व्यवसायको नेतृत्वसमेत गरिरहेका छन्। यसले स्थानीय अर्थतन्त्र, व्यापार तथा उद्यमशीलताका सवालमा पनि उनको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ।

रास्वपाका नेता तथा कार्यकर्ताहरूले डेटा, प्रविधि र संगठनात्मक व्यवस्थापनमा दक्ष युवा नेतृत्वका रूपमा चिनिने कटुवालको नेतृत्वले कोशी प्रदेशमा पार्टीलाई थप प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रथम प्रदेश अधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि कटुवालले पार्टीको संगठन सुदृढीकरण, नीति निर्माणमा जनसहभागिता तथा सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्