अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

<span class='c1'>अखिल नेपाल प्रगतिशील बुद्धिजिवी</span> <span class='c2'>संघको अध्यक्षमा पोखरेल निर्वाचित</span>

काठमाडौं । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भेलाले पोखरेललाई अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पोखरेलले भू–मण्डलीकृत साम्राज्यवाद, नवउदारवाद, प्रयावरण विनाशविरुद्ध बौद्धिक आन्दोलन गर्ने उद्देश्य रहेको बताए । उनले सुस्ताएको बौद्धिक आन्दोलनलाई फेरि नयाँ उचाईमा उठाउन संघ गठन गरिएको जानकारी दिए ।

भेलामा शुभकामना दिँदै नेताहरुले राष्ट्रिय र जनजिविका कमजोर भइरहेको बेला संघको गठन महत्वपूर्ण रहेको बताएका छन् । उनीहरुले कमजोर हुँदै गएको कम्युनिस्ट आन्दोलनलाई टेवा पुर्याउने अपेक्षा गर्दै शुभकामना दिएका थिए । भेलामा नेकपाका संयोजक लोकनरायण सुवेदी, नेकपा बहुमतका नेता दिपक चलाउने, नेकपा नेता नारायणप्रसाद शर्मा, जेनजी अभियान्ता रमेश विक्रान्त, प्रयावरणविद् आशिष जोशीलगायतले शुभकामना दिएका थिए । भेलाले संघको उपाध्यक्षमा बद्रीनाथ अधिकारी, तोयाराज अधिकारी, भरत शाह, नवराज उप्रेती श्यामसुन्दर श्रेष्ठ, सजय पौडेल, राजेन्द्र साउद निर्वाचित भएका छन् ।

संघको महासचिव परशु कोइराला, सचिव आशिष जोशी र कोषाध्यक्ष प्रेमबहादुर थापा निर्वाचित भएका छन् । त्यस्त, केन्द्रीय सदस्यमा महेश पौडेल, बासुदेव नाथ, शुसिल भट्टराई, खेम पौडेल, मोहन खतिवाडा, रामबहादुर अधिकारी, भोजराज विश्वकर्मा, तेज विश्वकर्मा, भगिरथ घिमिरे, पवन खवास, धु्रव भण्डारी, अच्युत कट्टेल, भक्त रसाईली रहेका छन् । संघले डा. डीपी पौडेल, रमेश पौडेल, टिका कडेँल, निरेन्द्र कुँवरलाई सल्लाहकार समेत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्