विराटनगरका तरुणदल नेता खोज्दै मन्त्री क्वाटर भएको घरमा प्रहरी, फरार लुकाएको आशंका

<span class='c1'>विराटनगरका तरुणदल नेता खोज्दै मन्त्री क्वाटर</span> <span class='c2'>भएको घरमा प्रहरी, फरार लुकाएको आशंका</span>

विराटनगर । नेपाली काँग्रेस निकट तरुण दल कोशी प्रदेशका नेता बिमल भट्टराई खोज्दै मन्त्री क्वाटरमा प्रहरी पुगेपछि आलोचना भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राती प्रहरी टोली पुगेको थियो ।

मन्त्री क्वाटरमा भट्राई लुटेको सूचना प्रहरीमा थियो । पुष्पलालचौक एरियामा रजगज गर्दै आएका भट्टराईले केहिदिन अगाडी विराटनगर–३ ताण्डव होटल नजिक मात्रिका बास्तोलालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । मध्यराती भट्राईले कुटपिट गरेको घटनापछि बास्तोला काठमाण्डौंमा उपचाररत रहेका छन् । उनका परिवारले दिएको जाहेरीका आधारमा भट्टराईलाई प्रहरीले खोजि गरिरहेको हो ।

काँग्रेस तरुण दलका भट्टराईलाई मन्त्रीको क्वाटरमा लुकाएको हुनसक्ने आशंका प्रहरीले गरेको थियो । काँग्रेसकै नेतालाई एमालेका नेताको क्वाटरमा लुकाउँदा प्रहरीले शंका गर्ननसक्ने ठम्याई उनीहरुको थियो । काँग्रेसका अर्का नेता अभिषेक गिरी काराबारबाट बाहिर निस्केपछि पुष्पलाचौक एरियामा भट्टराईले आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् । यी दुवैको पृष्ठभूमि भने गुण्डागर्दी नै हो ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा भट्टराई काँग्रेस नेता डा.शेखर कोइरालाको निर्वाचन क्षेत्रमा युवा परिचालनको जिम्मेवारीमा थिए । गिरी मोरङ क्षेत्र नम्बर ४ अन्तर्गतका काँग्रेस नेता गुरुराज घिमिरेका लागि परिचालित भएका थिए । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले मन्त्रीको क्वाटरमा नभएर त्यहि आसपासमा टोलि पुगेको दावी गरेका छन् । उनले भट्टराई नै पक्राउ गर्नका लागि प्रहरी त्यहाँ पुगेको स्वीकार गरेका छन् । भट्राईले बास्तोलाई ११ बजे राती कुटपिट गरेको सिसीभिटी फुटेज समेत प्रहरीले संकलन गरेको छ । प्रहरी स्रोतका अनुसार निर्घात कुटपिटमा परेका बास्तोलाको अवस्था चिन्ताजनक रहेको छ ।

यद्यपी भट्टराईलाई जान्नेहरुले भने बास्तोलाको अवस्था सामान्य रहेको र तीनचार मुक्का मात्रै हानेको दावी गरेका छन् । बास्तोला समेत जग्गा कारोबार हुन् । तर, उनी सामान्य थिए । भट्टराई विवादित विगत पृष्ठभूमिका व्यक्ति हुन् । पछिल्लो समय उनी जग्गा कारोबारीलाई मिटरब्याजमा पैसा लगानी गर्ने र त्यसका आडमा अपराध मच्चाउने व्यक्तिको रुपमा रहेका छन् । पछिल्लो घटनामा उनी विरुद्ध असार १ गते पक्राउ पूर्जी जारी भएको थियो ।
मोरङ प्रहरीले भने मन्त्री क्वाटरमा खानतलासी गरेको भन्ने कुरा भ्रामक रहेको दावी गरेको छ । एक विज्ञप्ती जारी गर्दै त्यहि एरियामा लुकेर बसेका फरार खोज्ने क्रममा नजिक पुगेको प्रहरीले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्