विराटनगरमा मन्त्री क्वाटरमा छापा नहानेको प्रहरीको दावी

<span class='c1'>विराटनगरमा मन्त्री क्वाटरमा छापा</span> <span class='c2'>नहानेको प्रहरीको दावी</span>

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेको भन्ने समाचारप्रति जिल्ला प्रहरी कार्यालय मोरङले ध्यानाकर्षण जनाएको छ।

मोरङ प्रहरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेको र नगरेको सम्बन्धी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारबारे स्पष्ट पारेको हो। प्रहरीका अनुसार असार १ गते पक्राउ पुर्जी जारी भई फरार रहेका एक प्रतिवादी विराटनगर महानगरपालिका क्षेत्रको पुष्पलाल चोक आसपासको क्षेत्रमा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा प्रहरी टोली उक्त क्षेत्रमा पुगेको थियो।


सोही क्रममा उक्त क्षेत्रमा मन्त्री पराजुलीको निवाससमेत रहेको उल्लेख गर्दै प्रहरीले मन्त्रीको निवासमा खानतलासी गरिएको भन्ने विषयमा यथार्थ बुझ्न आग्रह गरेको छ । प्रहरीले फरार प्रतिवादीको खोजी अभियान नियमित रूपमा सञ्चालन भइरहेको र तथ्यहीन सूचना तथा अफवाहप्रति सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्