नेपाल स्काउटको ७५औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न, विभिन्न व्यक्ति तथा संस्था सम्मानित

<span class='c1'>नेपाल स्काउटको ७५औँ स्थापना दिवस भव्य रूपमा</span> <span class='c2'>सम्पन्न, विभिन्न व्यक्ति तथा संस्था सम्मानित</span>

इटहरी । नेपाल स्काउटको ७५औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा स्थानीय स्काउट कार्यालय इटहरी उपमहानगरपालिकाको व्यवस्थापनमा आयोजित “मूल समारोह तथा सम्मान कार्यक्रम–२०८३” इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।

कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर प्रमुख तथा स्थानीय प्रमुख स्काउट नागेश कोइराला, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनकुमारी खतिवडालगायत विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको विशिष्ट उपस्थिति रहेको थियो।

कार्यक्रममा डिभिएम स्काउट दलले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त समर्पण खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। स्थापना दिवसको अवसरमा नेपाल स्काउटको अभियानलाई स्थानीय तहमा प्रभावकारी रूपमा सञ्चालन तथा प्रवर्द्धन गर्न योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

सम्मानित हुनेहरूमा स्थानीय तहका संरक्षक तथा नगर प्रमुख एवं गाउँपालिका अध्यक्षहरू नागेश कोइराला (विराटनगर महानगरपालिका) र अइन्द्रविक्रम बेघा (धरान उपमहानगरपालिका) रहेका थिए। त्यसैगरी स्थानीय प्रमुख स्काउटहरू जलवर्षा राजवंशी (गौरादह नगरपालिका) र मीनाकुमारी पौडेल (उर्लाबारी नगरपालिका) सम्मानित भएका थिए। सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गाप्रसाद सिग्देललाई समेत सम्मान प्रदान गरिएको थियो।

स्थानीय स्काउट कार्यालयतर्फ मेचीनगर नगरपालिका, लेटाङ नगरपालिका र सुन्दरहरैँचा नगरपालिका सम्मानित भएका थिए। विद्यालयस्तरमा स्काउट कार्यक्रम सञ्चालन गरी उत्कृष्ट योगदान पुर्‍याउने संस्थाका रूपमा सरस्वती माध्यमिक विद्यालय (मोलुङ गाउँपालिका), मादी माध्यमिक विद्यालय (मादी नगरपालिका), सिंहदेवी माध्यमिक विद्यालय (फाकफोकथुम गाउँपालिका), जडेज माध्यमिक विद्यालय (बराहक्षेत्र नगरपालिका) तथा पोखरिया माध्यमिक विद्यालय (विराटनगर) सम्मानित भएका थिए।

कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य, प्रदेश कार्यसमिति सदस्य, प्रदेश परिषद् सदस्य, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक, स्थानीय प्रमुख आयुक्त, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानीय कार्यसमितिका पदाधिकारी, स्काउट लिडर, रोभर/रेन्जर तथा स्काउटहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्दै स्काउट अभियानलाई अझ प्रभावकारी र जनमुखी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्