सीमाको सुरक्षा मात्र होइन, विद्यार्थीको भविष्य निर्माणमा पनि सशस्त्र प्रहरी

<span class='c1'>सीमाको सुरक्षा मात्र होइन, विद्यार्थीको</span> <span class='c2'>भविष्य निर्माणमा पनि सशस्त्र प्रहरी</span>

रंगेली । सीमा सुरक्षाको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय सशस्त्र प्रहरी बल नेपालले मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।

सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सोराभागद्वारा आयोजित कार्यक्रममा विद्यालयलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीहरूसँग मैत्रीपूर्ण भलिबल खेलसमेत सञ्चालन गरिएको थियो।

प्रतियोगितामा विद्यालयका विद्यार्थी र सशस्त्र प्रहरी टोलीबीच प्रतिस्पर्धात्मक खेल प्रदर्शन भएको थियो। रोमाञ्चक बनेको खेलमा सशस्त्र प्रहरी टोली विजयी भए पनि कार्यक्रमको मुख्य उद्देश्य खेल भावना, आपसी सद्भाव र सहकार्यको विकास रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेलले खेलकुदले युवापुस्तालाई कुलत, विकृति र नकारात्मक सोचबाट टाढा राख्दै अनुशासित, जिम्मेवार र राष्ट्रप्रति समर्पित नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने दायित्वसँगै समाजको समग्र विकासमा समेत निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो।

विद्यालय र सुरक्षा निकायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै उहाँले शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।


विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार साहले सशस्त्र प्रहरी बलद्वारा सञ्चालन गरिएको कार्यक्रम केवल खेलकुद गतिविधिमा सीमित नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन र सामाजिक चेतना अभिवृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। उहाँले सुरक्षा निकायको यस्तो सहयोगले विद्यार्थीहरूमा राष्ट्रप्रेम, जिम्मेवारीबोध तथा सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

“सशस्त्र प्रहरी बलले गरेको यो कार्यक्रम विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। यस्ता गतिविधिले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय हुन हौसला प्रदान गर्छ,” प्रधानाध्यापक साहले भन्नुभयो।

कार्यक्रममा चौप्राहा बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटा, धनपट्टी बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक निलहरी दाहाल, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालय प्रशासनले सशस्त्र प्रहरीद्वारा प्रदान गरिएको खेलकुद सामग्रीले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, नियमित अभ्यास तथा खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। सुरक्षा निकाय र शैक्षिक संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सम्पन्न भएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र सकारात्मक प्रेरणा जगाएको सहभागीहरूको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्