विराटनगर । मोरङको रंगेलीको काली मन्दिरको प्राङगणमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सप्ताहव्यापी शिविर सम्पन्न भएको छ । योगश्चित्तवृत्ति निरोधः” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै योगमार्फत नागरिकलाई स्वस्थ, अनुशासित र निरोगी जीवनतर्फ प्रेरित गर्ने लक्ष्य लिएको छ ।

पतंजलि योग नगर समिति रंगेलीको आयोजना तथा रंगेली नगरपालिका, वडा नं. ७ को कार्यालय, पतंजलि योग समिति मोरङ, महिला पतंजलि योग समिति मोरङ र आयुर्वेद सेवा केन्द्र मोरङको समन्वय एवं सहयोगमा शिविर सम्पन्न भएको हो। शिविरमा योग, प्राणायाम, ध्यान तथा स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण प्रदान गरिने बताइएको छ। “योग गरौँ, निरोगी रहौँ”, “घर–घर जाऔँ, योग सिकाऔँ”, “स्वस्थ वृद्धावस्थाका लागि योग” जस्ता सन्देश प्रवाह गरिनेछ। साथै अन्तर्राष्ट्रिय योग दिवसलाई भव्य र सफल बनाउन सम्पूर्ण नगरवासीलाई शिविरमा सहभागी भएका थिए ।

योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने भएकाले पछिल्लो समय नेपालमा पनि योगप्रति नागरिकको आकर्षण बढ्दै गएको छ।
पतंजलि योग नगर समिति रंगेलीको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थी, स्काउटका बालबालिका, कराते खेलाडी, जनप्रतिनिधि, योग प्रशिक्षक, योग साधक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।