‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

<span class='c1'>‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ दन्त</span> <span class='c2'>स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न</span>

विराटनगर, । विराटनगर जुनियर जेसीजको आयोजनामा तथा सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ (Bright Future, Bright Smile) शीर्षकमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर आज श्री अरुणोदय आधारभूत विद्यालय, पञ्चमुखी चोक नजिक, विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविरमा वासुकी डेन्टल क्लिनिक का दक्ष दन्त चिकित्सक तथा प्राविधिक टोलीको सक्रिय सहभागितामा विद्यालयका विद्यार्थीहरूको दन्त परीक्षण, मुख तथा दाँतको स्वास्थ्य जाँच तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै दाँत तथा मुखको उचित सरसफाइबारे व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको थियो। सोही क्रममा दाँत माझ्ने सही विधि, फ्लसको प्रयोग, तथा सन्तुलित आहारले दन्त स्वास्थ्यमा पार्ने प्रभाव सम्बन्धी व्यवहारिक प्रदर्शनसमेत गरिएको थियो। साथै, विद्यार्थीहरूको व्यक्तिगत दन्त परीक्षण गरी आवश्यक स्वास्थ्य सुझाव प्रदान गरिएको थियो।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन, समन्वय तथा कार्यान्वयनमा विराटनगर जुनियर जेसीजको ऊर्जावान टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। आयोजकका अनुसार उक्त कार्यक्रम संस्थाको समुदायमा सकारात्मक प्रभाव पार्ने लक्ष्यसँग पूर्ण रूपमा मेल खाने सामाजिक परियोजना हो।
आयोजक संस्थाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने श्री अरुणोदय आधारभूत विद्यालय परिवार, वासुकी डेन्टल क्लिनिकको प्राविधिक टोली, तथा विराटनगर जुनियर जेसीजका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेको छ। बालबालिकाको स्वस्थ मुस्कान, सचेत जीवनशैली तथा उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रमले समुदायमा दन्त स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्