मोरङ कारागारमा कैद सजाय भोगिरहेका ७० बर्षिय वृद्धको मृत्यु

<span class='c1'>मोरङ कारागारमा  कैद सजाय भोगिरहेका</span> <span class='c2'>७० बर्षिय  वृद्धको मृत्यु</span>

विराटनगर । जिल्ला मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक ७० वृद्ध कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान राती २ बजे मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले जानकारी दिए । उनका अनुसार अचानक चक्कर लाग्ने र सास फर्ने गाह्रो हुने समस्या देखिएपछि दाहाललाई उपचारका लागि शनिबार बिहान ११ः३० बजेतिर विराटनगरको कोशी अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा अवस्था गम्भीर भएर आइतबार बिहानका राति २ बजेतिर मृत्यु भएको जानकारी घिमिरले दिए । उनी बिरामी परेपछि कारागार प्रशासनले परिवार र आफन्तलाई जानकारी गराएको थियो । परिवारका सदस्य र आफन्तकै उपस्थितिमा उपचार जारी रहेका बेला दाहालको मृत्यु भएको कारागारले जनाएको छ ।

दाहाल जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका कैदी हुन् । जबरजस्ती करणी मुद्दामा २०७५ साल पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएका उनलाई पछि जिल््ला अदालत मोरङले दोषी ठहर गर्दै १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार कैद सजाय भुक्तानका लागि दाहालले २०९१ साल पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्