शान्तिचोक युवा समूहको उद्घाटन तथा पदस्थापन कार्यक्रम सम्पन्न

<span class='c1'>शान्तिचोक युवा समूहको उद्घाटन</span> <span class='c2'>तथा पदस्थापन कार्यक्रम सम्पन्न</span>

विराटनगर । सामाजिक एकता, युवा सशक्तीकरण, योग तथा स्वास्थ्य सचेतना र समाजसेवामूलक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिचोक युवा समूहको उद्घाटन तथा पदस्थापन कार्यक्रम विराटनगर–१ स्थित शान्तिचोकमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सन्तोष महत (स्यान्ट्रो) को सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय मानबहादुर लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेश उप्रेती विशिष्ट अतिथि रहनुभएको थियो।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कट्वाल, विराटनगर महानगरपालिका वडा नं. १ का अध्यक्ष काजी बस्नेत, समाजसेवी कृष्ण कार्की, राजन न्यौपाने लगायत विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा संस्थाका सचिव गोविन्द श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा करिब ३०० घरपरिवारका प्रतिनिधि, महिला तथा पुरुषहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संस्थाको स्थापना सामाजिक सद्भाव, मानव सेवा, युवा परिचालन तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानको महत्वपूर्ण सुरुआत भएको बताएका थिए।

प्रमुख अतिथि स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले समाज विकास, स्वास्थ्य सचेतना, युवा नेतृत्व विकास तथा सामाजिक सेवामा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले शान्तिचोक युवा समूहले समाजमा सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। अन्य अतिथिहरूले पनि संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक सेवा, वातावरण संरक्षण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।

कार्यक्रममा संस्थाको उद्देश्य, भावी कार्ययोजना तथा सामाजिक अभियानबारे जानकारी गराइएको थियो। संस्थाले आगामी दिनमा योग तथा स्वास्थ्य सचेतना, युवा क्षमता विकास, सामाजिक सेवा, विपन्न तथा असहाय समुदायलाई सहयोग, वातावरण संरक्षण तथा सामुदायिक विकासका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

संस्थाले समुदायमा सुरक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभियान चलाउने, युवाहरूलाई सकारात्मक तथा रचनात्मक गतिविधिमा सहभागी गराउने, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने तथा बाढी, डुबान, आगलागी लगायत प्राकृतिक विपत्तिका बेला प्रभावित समुदायको साथमा रहने जनाएको छ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सन्तोष महत (स्यान्ट्रो) ले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, शुभेच्छुक, सहयोगदाता, सल्लाहकार, पदाधिकारी, सदस्य तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्नुभयो। २०८२ पुस १ गते स्थापना भएको शान्तिचोक युवा समूह विराटनगर महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर प्राप्त संस्था हो। संस्थाले “युवा शक्ति, समाज प्रगति” भन्ने नारासहित आगामी दिनमा विभिन्न जनहितकारी तथा समाज रूपान्तरणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्