लक्ष्मी सनराइज बैंकद्वारा सुनवर्षीका जनता आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

<span class='c1'>लक्ष्मी सनराइज बैंकद्वारा सुनवर्षीका जनता</span> <span class='c2'>आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण</span>

रबिन्द्र बराल
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–५ स्थित श्री जनता आधारभूत विद्यालय, नवाबगञ्जमा कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेड रंगेली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विद्यालयलाई एक थान कम्प्युटर प्रदान गरेको हो।

कार्यक्रममा बोल्दै वडा नं. ५ का अध्यक्ष युगेश्वर प्रसाद ठाकुर ले शिक्षा क्षेत्रको विकास नै समाजको समग्र विकासको आधार भएको उल्लेख गर्दै विद्यालयको भौतिक तथा प्राविधिक पूर्वाधार सुदृढीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले विद्यालय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन तथा विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे। साथै आगामी दिनमा पनि शिक्षा क्षेत्रको उन्नयनका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।


विद्यालयका प्रधानाध्यापक बिरेन्द्र प्रसाद साह ले कम्प्युटर सहयोगले विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित, आकर्षक तथा प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरे। उनले आधुनिक शिक्षामा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्राप्त कम्प्युटरले विद्यार्थीहरूको सूचना तथा प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धिमा टेवा पुग्ने बताए।


स्थानीय समाजसेवी कमलेश्वर ठाकुर ले विद्यालयको समग्र विकासमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने बताउँदै यस्ता सहयोगमूलक कार्यक्रमले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण सुधार गर्न सहयोग पुग्ने बताए। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सबै सरोकारवाला पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै प्राप्त सहयोगको सदुपयोग गरी शैक्षिक गुणस्तर थप उकास्न प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा लक्ष्मी सनराइज बैंक रंगेली शाखाका प्रमुख प्रमोदहरि पोखरेल, सुमन कटुवाल, प्रदीप कुमार यादव, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्