झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा ३ स्थित सयपत्री टोलम चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ।
उहाँगौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत्री टोलमा चन्द्रमाया श्रेष्ठको घरमा डेरा बस्दै आउनुभएको थियो । स्थानीयका अनुसार बिहान खेतबारीमा आली तास्ने काम गरिरहेका श्रेष्ठमाथि अचानक चट्याङ परेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि दमकतर्फ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।