मोरङको कटहरी गाउँपालिकाको आगामी बजेट ६२ करोड बजेट सार्वजनिक

<span class='c1'>मोरङको कटहरी गाउँपालिकाको आगामी बजेट</span> <span class='c2'> ६२ करोड बजेट सार्वजनिक</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सोमबार भएको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष सीतादेवी राजवंशीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र आन्तरिक आयलाई बजेटको मुख्य स्रोत मानेको छ । बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ४९ लाख ९० हजार, राजस्व बाँडफाँटबाट १० करोड २० लाख ६१ हजार, रोयल्टी १५ लाख, सशर्त अनुदान १६ करोड ६५ लाख, समपूरक अनुदान ६५ लाख र विशेष अनुदान ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।


त्यसैगरी प्रदेश सरकारबाट राजस्व बाँडफाँट (सवारी साधन कर) अन्तर्गत ८८ लाख ७३ हजार ५१२, समानीकरण अनुदान १ करोड १६ लाख ९८ हजार, सशर्त अनुदान २ करोड ४५ लाख ९० हजार र समपूरक अनुदान ७४ लाख रुपैयाँ प्राप्त हुने उपाध्यक्ष राजवंशीले जानकारी दिइन् । कटहरी गाउँपालिकालले चालु आर्थिक वर्षमा ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँ बजेट ल्याएको थियो । चालु आवको भन्दा कटहरीले आगमी आर्थिक वर्षमा तीन करोड रुपैयाँ बढाएर बजेट ल्याएको हो ।


बजेटबारे प्रष्ट पार्दै गाउँपालिका अध्यक्ष देवराज चौधरीले यसपटक पूर्वाधार, कृषि र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । ‘हामीले नागरिकको प्रत्यक्ष आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट ल्याएका छौँ,’ उनले भने, ‘यसको पूर्ण कार्यान्वयनमार्फत गाउँपालिकाको समृद्धिमा जोड दिइनेछ ।’कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले कटहरीले पूर्वाधार विकासमा गरिरहेको कामको प्रशंसा गरे । उनले आगामी दिनमा योजनाबद्ध र दिगो विकासका लक्ष्यहरू तय गरेर अघि बढ्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्