विराटनगरमा कार्गोरेल सञ्चालनको जिम्मेवारी इन्टरमोडलमार्फत

<span class='c1'>विराटनगरमा कार्गोरेल सञ्चालनको</span> <span class='c2'>जिम्मेवारी इन्टरमोडलमार्फत</span>

विराटनगर । २०८० जेठ १८ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको बथनाहा–विराटनगर कार्गो रेल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । उद्घाटनका दिन आएको रेल त्यसपछि आएको छैन । कार्गो रेल नआउँदासम्म उद्योगी व्यवसायीले सधैं यसको माग गरेका थिए । सञ्चालनमा आउन योग्य हुँदा समेत रेलमार्गको सदुपयोग हुन सकेको छैन । कारण, यो रेलमार्ग निर्माणपछि नेपाल रेल कम्पनी लिमिटेडले सञ्चालन गर्ने भनिएको थियो । तर, कम्पनीले पेसेन्जर रेल सञ्चालनमा ध्यान केन्द्रीत गर्दछ ।

कार्गो रेल सञ्चालन गर्नेगरी नेपाल रेल कम्पनीले कर्मचारी व्यवस्थापन समेत गरेको छैन । भारतले विराटनगर–१८ स्थित नेपाल कष्टम यार्ड निर्माण गरेको छ, त्यसको समेत संरक्षण हुन सकेको छैन । कष्टम यार्डको बिद्युतको महसुल समेत कसले बुझाउने भनेर विवाद भइरहँदा अब कार्गोरेल सञ्चालनको जिम्मेवारी भने नेपाल इन्टरमोडल यातायात विकास समितिलाई दिइने भएको छ ।
रेलमार्ग र रेल यातायात भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्दछ । तर, आईसिपीको सञ्चालन तथा व्यवस्थापन उद्योग वाणिज्य मन्त्रालय अन्तर्गत पर्दछ । उद्योग वाणिज्य मन्त्रालयले देशभरका आइसिपी सञ्चालनको जिम्मेवारी नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत गर्दै आएको छ । विराटनगरको आइसिपी समेत इन्टरमोडलले नै हेर्दछ । त्यसैले अब कार्गो रेलको हेन्डलिङ्गसँगै व्यवस्थापन समेत इन्टरमोडल अन्तर्गत गराउने प्रक्रिया सुरु भएको छ ।

जसका लागि बथनाहादेखि विराटनगर–१८ स्थित नेपाल कष्टम यार्डसम्मको कार्गोरेल सञ्चालनमा लिक (ट्रयाक) हस्तान्तरणको प्रक्रियामा लगिएको छ । रेलवेमा चारवटा ट्रयाक रहेका छन् । जसमध्ये दुईवटा ट्रयाक अब इन्टरमोडललाई हस्तान्तरण गरिने भएको छ । यसका लागि तत्कालिन नेपाल रेल कम्पनीका प्रवन्धक समेत रहनु भएका हालका रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलको संयोजकत्वमा समिति गठन गरेर अध्ययन भइरहेको छ । यो समितिमा भौतिक पूर्वाधार र वाणिज्य मन्त्रालयका प्रतिनिधि तथा इन्टरमोडलका समेत प्रतिनिधि रहेका छन् ।

रेल विभागका महानिर्देशक पोरखेलका अनुसार तत्काल रेल कम्पनी लिमिटेडले सञ्चालन गर्न नसक्ने भएकोले इन्टरमोडललाई कार्गोरेल सञ्चालन गर्ने जिम्मेवारी दिन लागिएको बताएका छन् । उनका अनुसार यो प्रक्रिया अब चाँडै नै टुङगो लाग्नेछ । यसैगरी नेपाल रेल कम्पनी लिमिटेडमा प्रवन्धक परिवेश पराजुलीले समेत इन्टरमोडलसँग सहकार्य गरेर कार्गो रेल सञ्चालन गर्ने प्रक्रिया बढाइएको जानकारी दिएका छन् । पराजुलीले सोमबार नेपाल कष्टम यार्डको अनुगमन गरेर फर्केका छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरिकृष्ण मिश्रले आईसिपी व्यवस्थापन र आयात–निर्यात भएका मालवस्तुको हेण्डलिङ्गको जिम्मेवारी नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत पर्दछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्गर्तत पर्ने रेलमार्ग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने इन्टरमोडलबीचको तादम्यता नमित्दा कार्गोरेल सञ्चालनमा समस्या उत्पन्न भएपछि त्यसको निकास निकाल्ने गरी तयारी थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्