विराटनगरमा भारतीय शिक्षा मेला २०२६ हुँदै

<span class='c1'>विराटनगरमा भारतीय शिक्षा</span> <span class='c2'>मेला २०२६ हुँदै</span>

विराटनगर। भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै विराटनगरमा भारतीय शिक्षा मेला २०२६ आयोजना हुने भएको छ।

आयोजकका अनुसार मेला २०८३ साल असार २० गते शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म रोडसेसस्थित होटल स्वागतममा सञ्चालन हुनेछ। मेलामा प्रवेश निःशुल्क हुनेछ भने सहभागीका लागि लक्की ड्रमार्फत उपहारको व्यवस्था पनि गरिएको छ। मेलामा भारतका विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्ने अवसर रहनेछ। साथै उच्च शिक्षाका विभिन्न कार्यक्रम, भर्ना प्रक्रिया, अध्ययनका सम्भावना र विश्वविद्यालय छनोटसम्बन्धी जानकारी विशेषज्ञबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ। विद्यार्थीहरूले छात्रवृत्ति, अध्ययनका विभिन्न विषय तथा आफ्नो रुचि र योग्यताअनुसार उपयुक्त शैक्षिक संस्था छनोट गर्न आवश्यक व्यक्तिगत परामर्शसमेत पाउनेछन्।

आयोजकका अनुसार मेलामा सहभागी हुने सबै कलेज तथा विश्वविद्यालय सम्बन्धित नियामक निकायबाट मान्यता प्राप्त छन्। ती संस्थाहरू अखिल भारतीय प्राविधिक शिक्षा परिषद्, राष्ट्रिय मूल्याङ्कन तथा मान्यता परिषद्, राष्ट्रिय संस्थागत श्रेणीकरण रूपरेखा, भारतीय नर्सिङ परिषद्, भारतको बार काउन्सिल, विश्वविद्यालय अनुदान आयोग तथा वास्तुकला परिषद्लगायतका निकायबाट स्वीकृत रहेका छन्। भारतमा उच्च शिक्षा अध्ययन गर्ने योजना बनाएका विद्यार्थी, अभिभावक तथा अन्य इच्छुक व्यक्तिलाई मेलामा सहभागी भई अध्ययनका अवसर, छात्रवृत्ति र आवश्यक शैक्षिक परामर्शबारे जानकारी लिन आयोजकले आग्रह गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्