मोरङ क्याम्पस बीबीए कार्यक्रमका विद्यार्थीलाई पोशाक अनिवार्य, छात्रलाई कपाल काट्न निर्देशन

<span class='c1'>मोरङ क्याम्पस बीबीए कार्यक्रमका विद्यार्थीलाई पोशाक</span> <span class='c2'>अनिवार्य, छात्रलाई कपाल काट्न निर्देशन</span>

विराटनगर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर अन्तर्गत बी.बी.ए. कार्यक्रममा अध्ययन गरिरहेका विद्यार्थीलाई अनिवार्य पोशाक र सौम्य बनेर आउन सूचना जारी गरेको छ ।

कार्यक्रम निर्देशक मोहन कुमार श्रेष्ठद्वारा जारि आधिकारिक सूचना अनुसार असार १८ गतेदेखि अनिवार्य पोशाक लगाउन निर्देशन दिएको हो। तर, सोही सूचनामा छात्रहरुको कपाल लामो भएमा काट्नुपर्ने समेत व्यहोरा अवगत गराइएको छ । नियम पालना नगरे क्याम्पसले कारबाहीको प्रक्रिया बढाउने चेतावनी समेत दिएको छ।
एकातर्फ विश्वविद्यालयहरूलाई आधुनिक र स्वतन्त्र वैचारिक थलो मानिन्छ, जहाँ विद्यार्थीको बौद्धिकता र प्राज्ञिक क्षमताको कदर हुनुपर्छ भनिन्छ। तर, अर्कोतर्फ २१ औँ शताब्दीमा आएर पनि स्नातक तहका वयस्क विद्यार्थीहरूको कपालको लम्बाइ नापेर कारबाहीको धम्की दिनु उचित नभएको भन्दै विद्यार्थीहरुले क्याम्पसको सूचनाप्रति असहमति जनाएका छन् ।

लामो कपाल पाल्दैमा विद्यार्थीको ध्यान पढाइमा जाँदैन ? क्याम्पसको यो पुरातनवादी सोच्ने शैलीमाथि अहिले तीव्र प्रश्न उठ्न थालेको हो । बी.बी.ए. एउटा व्यावसायिक पाठ्यक्रम हो। भोलि कर्पोरेट क्षेत्र वा बैंकहरूमा जाँदा ‘ग्रुमिंग’ र व्यावसायिक स्वरूप आवश्यक पर्छ भन्ने क्याम्पसको तर्क राखेर यस्तो सूचना जारी गरेको अनुमान गरिएको छ । तर, त्यसका लागि विद्यार्थीहरूलाई बुझाउने वा काउन्सिलिङ गर्ने हो, ‘कपाल नकाटे आवश्यक प्रक्रिया बढाउने’ भन्दै सूचना जारी गरेर डर देखाउनु उचित मानिँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्