पश्चिम नेपालका साना नदीमा आज बहाव बढ्ने, आकस्मिक बाढीको न्यून जोखिम

<span class='c1'>पश्चिम नेपालका साना नदीमा आज बहाव</span> <span class='c2'>बढ्ने, आकस्मिक बाढीको न्यून जोखिम</span>

काठमाडौं । देशका विभिन्न भागका नदी तथा खोलाहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पश्चिम नेपालका केही साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली लगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्नेछ। ती क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी र पश्चिम सेती नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ। अन्य प्रमुख नदीहरूमा भने पानीको बहाव सामान्य उतारचढावको अवस्थामा रहने पूर्वानुमान गरिएको छ। यद्यपि, निरन्तर वर्षा भइरहेका क्षेत्रमा नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्