कान्तिपुर कलेज अन्तर–कलेज फुटसल प्रतियोगिता च्याम्पियन

<span class='c1'>कान्तिपुर कलेज अन्तर–कलेज</span> <span class='c2'>फुटसल प्रतियोगिता च्याम्पियन</span>

विराटनगर ।विराट सिटी फुटबल कल्बको आयोजनामा इन्टर कलेज फुटसल टुर्नामेन्ट–२०२६ बिहीबार विराटनगरस्थित जेनिल फुटसलमा सम्पन्न भएको छ। विद्यार्थीबीच खेलकुदको विकास, आपसी सम्बन्ध सुदृढ गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगरका ८ वटा शैक्षिक संस्थाको सहभागिता रहेको थियो।

प्रतियोगितामा कान्तिपुर कलेज, विकेभियम कलेज, अरागन कलेज, आदर्श सेकेण्डरी स्कुल, सत्कार कलेज, अर्किड कलेज, सरस्वती सेकेण्डरी स्कुल र सेन्ट जोसेफ कलेजका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।

बिहीबार सम्पन्न फाइनल खेलमा कान्तिपुर कलेजले अरागन कलेजलाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो। रोमाञ्चक बनेको फाइनल खेलमा कान्तिपुर कलेजले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको थियो।

विजेता कान्तिपुर कलेजले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता अरागन कलेजलाई नगद १० हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

फाइनल खेलमा कान्तिपुर कलेजका प्रकाश तातीले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका कारण म्यान अफ द म्याचु घोषित भए। त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका आयुष तामाङ प्लेयर अफ द टुर्नामेन्टु घोषित भए।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रो। डा। सन्देश दास श्रेष्ठ उपस्थित थिए। उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पढाइसँगै खेलकुदमा पनि समान रूपमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथिमा प्रो. डा. दुर्गानन्द चौधरी तथा इक्यान कोशी प्रदेशका अध्यक्ष अश्वानी बन्साल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका शिक्षक–शिक्षिका, विद्यार्थी र खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जेनिथ कलेजमा विविए ६ सेमेस्टरमा अध्यन्नरत विधार्थीको प्रोजेक्ट खेल अन्तर्गत समेत रहेका कारण उक्तm खेल आयोजना गरिएको जानकारी दिएका छन । आयोजक जेनिथ इन्टरनेसनल कलेजले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, टोली भावना र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्