भारतले औद्योगिक उत्पादन निर्यात रोकेको भन्दै विराटनगरका उद्योगीद्वारा सरकारसँग गुहार

<span class='c1'>भारतले औद्योगिक उत्पादन निर्यात रोकेको</span> <span class='c2'>भन्दै विराटनगरका उद्योगीद्वारा सरकारसँग गुहार</span>

विराटनगर । भारत सरकारले नेपालका कुनै पनि उद्योगलाई बिआईएसको नयाँ अनुमति नदिनू र पाएका उद्योगको पनि नवीकरण नगर्नू भन्ने अनौपचारिक आदेश दिएपछि नेपालका उद्योग सकसमा परेका छन् । भारतले तीन महिनायता अघोषित रूपमा नेपालका उत्पादनको बिआइएसमा अवरोध गरेपछि भारत निर्यात गरिरहेका र गर्ने प्रयास गरिरहेका उद्योगलाई अप्ठ्यारो भएको हो । भारतले नेपालबाट त्यहाँ पुग्ने कतिपय उत्पादनमा ब्युरो अफ सट्यान्डर्ड (बिआइएस)को प्रमाणपत्र दिएपछि मात्र यहाँबाट पठाउन पाइन्छ । यस्तो प्रमाणपत्र एक वर्षका लागि पाइन्छ र अर्को वर्ष फेरि नवीकरण गर्नुपर्छ । तर तीन महिनायता कुनै पनि उद्योगलाई बिआइएसको प्रमाणपत्र दिएको छैन र पाएकको पनि नवीकरण गरेको छैन ।

भारतले अवरोध गरेपछि मोरङ उद्योग व्यापार संघले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहजीकरणको लागि अनुरोध गरेको छ । नेपालबाट भारततर्फ मुख्य रूपमा सिमेन्टको निर्यात गर्ने ३ वटा मात्र उद्योग पाल्पा, अर्घाखाँची र सर्वोत्तम सिमेन्ट हुन् । जसमध्ये २०२६ जुन ३ मा पाल्पा सिमेन्टको बिआईएसको अवधि पुगिसकेको छ तर नवीकरण भइरहेको छैन ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ अर्ब ९१ करोड ७० लाख ५१ हजार मूल्यको ८ लाख २ हजार ८०३ टन सिमेन्ट निर्यात भइसकेको भन्सार विभागले जनाएको छ । भारत सरकारले नेपालका कुनैपनि उद्योगलाई बिआइएसको नयाँ अनुमति र पाइसकेर म्याद नाघेकाको नवीकरण गर्ने कार्य रोकेको हो । यो पछिल्लो तीन महिनायताकै गैरभन्सार अवरोध रहेको उद्योगीहरुको भनाई छ । तर, बिआइएस सबै उद्योगले एकै पटक नपाएर क्रमशः पाउने भएकाले समस्या अहिले धेरै उद्योगसम्म जोडिएको हो ।

नेपालबाट भारतमा निर्यात हुने कतिपय उत्पादनमा ब्युरो अफ स्ट्यान्डर्स (बिआइएस)को प्रमाणपत्र जारी गर्नुपर्ने हुन्छ । मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल शारडाका अनुसार यो नेपाली वस्तुका लागि मात्रै नभई भारतमै उत्पादन हुने वस्तुका लागि पनि अनिवार्य छ । तर, पछिल्लो समय भारतले नेपालका उद्योगमा अवरोध सुरु गरेको हो । जसबाट सिमेन्ट, फलाम, स्यानेटरी प्याड, प्लाइउडसहितका दर्जनौं उत्पादन निर्यातमा अवरोध देखिएको उपाध्यक्ष शारडाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्