दुई संसदीय समितिको बैठक बस्दै

<span class='c1'>दुई संसदीय समितिको</span> <span class='c2'>बैठक बस्दै</span>

काठमाडौं । दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आइतबार अर्थ समितिको १२औं बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।

आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउसो २ बजे बस्ने भएको छ ।

बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्