विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

<span class='c1'>विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला</span> <span class='c2'>खेल्ने नेपाली टोलीको बिदाइ</span>

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ ।

नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे । यसैगरी बिदाइ समारोहलाई सम्बोधन गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको संयोजन सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘हाम्रो टोलीको संयोजन निकै राम्रो छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ। त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ ।’ नेपालले जुलाई २१ देखि सुरु हुने नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित लिग–२ शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ । त्यहाँ जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्ने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्