विराटनगरका सन्देश कटुवाल लुम्बिनी लायन्सको सीईओ नियुक्त

<span class='c1'>विराटनगरका सन्देश कटुवाल लुम्बिनी</span> <span class='c2'>लायन्सको सीईओ नियुक्त</span>

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले विराटनगरका युवा सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत कटुवाललाई औपचारिक रूपमा स्वागत गर्दै उनको नियुक्तिको घोषणा गरेको हो। लुम्बिनी लायन्सले उनको नेतृत्वमा आगामी संस्करणको तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

कटुवाल यसअघि एनपीएलको उद्घाटन संस्करणमा काठमाडौं गोर्खाजसँग व्यवस्थापकीय भूमिकामा आबद्ध थिए। प्रतियोगिताको पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा अब उनले लुम्बिनी लायन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन्।

क्रिकेट व्यवस्थापन र खेल प्रशासनमा सक्रिय रहेका कटुवालको नियुक्तिलाई नेपाली फ्रेन्चाइज क्रिकेटमा युवा नेतृत्वको अवसरका रूपमा समेत हेरिएको छ। आगामी एनपीएल संस्करणका लागि टोलीको रणनीतिक योजना, व्यवस्थापन तथा समन्वयको नेतृत्व अब उनले गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्