सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : केसी

<span class='c1'>सय दिनमा लोकतन्त्र, विधि र संसदीय</span> <span class='c2'>प्रक्रियामाथि हस्तक्षेप भयो : केसी</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठनको सय दिनको अवधिमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्। सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने, त्यसको प्रक्रिया पनि लोकतान्त्रिक, विधिसम्मत र पद्धतिसम्मत हुनुपर्ने बताएका हुन्।

उनले लोकतन्त्र भनेको परिणाम, विधि, पद्धति र प्रक्रियाको संयुक्त स्वरूप भएको उल्लेख गर्दै सरकार गठनको सय दिनभित्र यी आधारभूत मान्यतामाथि निरन्तर प्रहार भएको महसुस भएको बताए । केसीले भने, ‘हाम्रो सबैभन्दा ठूलो प्रश्न सरकारसँग के छ भने लोकतन्त्र भनेको परिणाम मात्र होइन। लोकतन्त्र भनेको परिणामसँगै प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ। विधिसंगत हुनुपर्छ। विधि, पद्धति र प्रक्रियाको संयुक्त एकाकार स्वरूप नै लोकतन्त्र हो। त्यसलाई एकपछि अर्को गर्दै निरन्तर तोड्ने र निमोठ्ने काम सय दिनभित्र भएको छ।’

उनले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति व्यक्तिगत नभइ सरकारको आधिकारिक धारणा हुने भएकाले त्यसप्रति उठेका प्रश्नको जवाफ दिनुपर्ने दायित्व प्रधानमन्त्रीको रहेको बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पाँच सातादेखि संसद्मा प्रश्न उठिरहे पनि अहिलेसम्म कुनै स्पष्ट जवाफ नआएको उल्लेख गर्दै आवश्यक परे उक्त अभिव्यक्ति फिर्ता लिन, सच्याउन वा आफ्नो आशय स्पष्ट पार्नुपर्ने धारणा राखे ।

केसीले संसद्को सम्मान र भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै संसद् प्रतिपक्षको मात्र नभई सभामुख, सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संस्था भएको बताए। संसद् सरकार निर्माण गर्ने मात्र नभई सरकारलाई निर्देशन दिने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले त्यसको उपेक्षा हुनु गम्भीर विषय भएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्