कोशी अस्पतालको स्वामित्वमा बनेका संरचना हस्तान्तरण गर्न एक हप्ताको म्याद

<span class='c1'>कोशी अस्पतालको स्वामित्वमा बनेका संरचना</span> <span class='c2'>हस्तान्तरण गर्न एक हप्ताको म्याद</span>

सोनु साह
विराटनगर । कोशी अस्पताल विराटनगरले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन पुनः ७ दिने सूचना जारी गरेको छ। यसअघि जारी गरिएको १५ दिने सूचना असार २२ गते सकिए पनि संरचना खाली नभएपछि सरकारको निर्देशनअनुसार पुनः सूचना जारी गरिएको हो।
कोशी अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार आइतबार गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको संयुक्त अनुगमन गरेका थिए। अनुगमनका क्रममा निर्माणाधीन भवनको स्थलगत निरीक्षण गर्नुका साथै अस्पतालको अतिक्रमित जग्गाको समेत अवलोकन गरिएको थियो।

मन्त्रीद्वयले अस्पताल प्रशासनलाई पुनः ७ दिनको सूचना जारी गरी अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी सोमबार सम्बन्धित सरोकारवाला संस्था तथा संरचना निर्माण गरेका पक्षसँग अस्पताल परिसरमै बैठक गरिएको लुईटेलले जानकारी दिए।

उनका अनुसार छलफल सकारात्मक वातावरणमा सम्पन्न भएको छ। अस्पताललाई व्यवस्थित बनाउँदै सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आफ्नै जग्गा उपयोग गर्नुपर्ने भएकाले पुनः ७ दिने सूचना जारी गरिएको हो। अस्पतालले जारी गरेको सूचनामा अतिक्रमण गरेर संरचना निर्माण गरेका संघसंस्था तथा सम्बन्धित पक्षलाई ७ दिनभित्र स्वेच्छाले संरचना हटाई जग्गा खाली गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र पनि संरचना नहटाए जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार कानुनी प्रक्रिया अघि बढाइने अस्पताल प्रशासनले जनाएको छ।

कोशी अस्पतालको नाममा ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा रहेको छ। अस्पतालको दक्षिणतर्फ रहेको केही जग्गामा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिरले संरचना निर्माण गरेका छन्। ती संस्थाले निर्माण गरेका सटर व्यवसायिक प्रयोजनका लागि भाडामा समेत लगाएका छन्।

अस्पताल प्रशासनका अनुसार नेपाल क्षयरोग निवारण संस्थाले करिब ६ कठ्ठा ८ धुर, देवकोटा पुस्तकालयले करिब २ कठ्ठा १० धुर, गणेश मन्दिरले करिब २ कठ्ठा तथा नेपाल रेडक्रस सोसाइटीले करिब २ कठ्ठा जग्गामा संरचना निर्माण गरेका छन्।bहाल कोशी अस्पताल परिसरमा ५०० शैय्याको मेडिकल भवन र २५९ शैय्याको विशिष्टीकृत सेवा भवन निर्माण भइरहेको छ। अस्पतालको सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न अतिक्रमित जग्गा खाली गराउन लागिएको अस्पताल प्रशासनले जनाएको छ।

यता, अस्पताल परिसरमा रहेका सटर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका औषधि तथा अन्य पसल व्यवसायीहरूले पनि सरकारी निर्णय कार्यान्वयनमा आफूहरू सहयोग गर्न तयार रहेको बताएका छन्। उनीहरूले सम्बन्धित पक्षसँग समन्वय गरेर व्यवस्थित रूपमा स्थान खाली गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले गृहमन्त्रीको स्पष्ट निर्देशन भए बमोजिम एक सातापछि त्यहाँका सबै सटरहरु खाली गराइने छ । अस्पतालको जग्गामा अस्पतालको स्वामित्व कायम गरिने छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार संरचना भत्काउन नपर्ने अवस्थासम्म कायम राखिनेछ । तर, अस्पतालको जग्गामा बनेका संरचना अस्पतालकै स्वामित्वमा ल्याइने छ । तत्काल अन्य ठूला संरचना नबन्दासम्म भइरहेकाहरुको प्रयोग गरिनेछ । यद्यपी अस्पतालको जग्गामा बनेका संरचनाको भाडा अन्य संस्थाले असुली रहेको विद्यमान अवस्थाको अन्त्य गर्दै आम्दानीमा वा नोक्सानी जे हो, त्यो अस्पतालकै स्रोतमा बाँधिने गरी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्