विराटनगर । साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम), विराटनगरले आयोजना गरेको ुअन्तर–कलेज पी.एस.५ फुटबल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा रणनीतिक सोच, नेतृत्व र डिजिटल खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगर, इटहरी, विराटचोक र उर्लाबारीका १६ टोलीको सहभागिता थियो।
प्रतियोगितामा पोर्चुगलको प्रतिनिधित्व गर्ने यस खनाल विजेता र इटालीको प्रतिनिधित्व गर्ने नरेश कटुवाल उपविजेता बने। विजयी खेलाडीहरूलाई नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरियो।
कलेजका क्याम्पस प्रमुख विनय विष्णु के.सी. र निर्देशक रोशन बहादुर थापाले आधुनिक शिक्षामा ई–स्पोर्ट्सको महत्त्व उल्लेख गर्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि आगामी दिनमा पनि यस्ता नवप्रवर्तनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको संयोजन शिक्षक रवि गणेश र देवेन्द्र यादवले गरेका थिए।