उखु किसानको अनुदान रकम तत्काल भुक्तानी गर्न सांसद शाहको सरकारसँग माग

<span class='c1'>उखु किसानको अनुदान रकम तत्काल भुक्तानी</span> <span class='c2'>गर्न सांसद शाहको सरकारसँग माग</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानलाई सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्रालिले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी गरिसकेको भए पनि सरकारले दिने अनुदान रकम अझै उपलब्ध नगराएको बताए । उनले भने, ‘बर्दियाको राजापुर नगरपालिका वडा–५ बदालपुरमा २०८० साल भदौ २५ गते उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भएको राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्राइभेट लिमिटेडले २०८२ साल पुस २२ गतेदेखि चैत १२ गतेसम्म किसानहरूसँग लाखौँ क्विन्टल उखु खरिद गरेको छ ।’ सांसद शाहले कम्पनीले किसानलाई प्रति क्विन्टल ६२० रुपैयाँका दरले तिर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी गरिसकेको उल्लेख गर्दै नेपाल सरकारले उखु कृषक अनुदानबापत उपलब्ध गराउनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ रकम भने अझै भुक्तानी नगरेको बताए ।

उनले कृषि मन्त्रालयको कार्यविधि २०७५ को दोस्रो संस्करण २०७६ अनुसार किसानले पाउनुपर्ने अनुदान रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । ‘मन्त्रालय आफै उक्त रकम भुक्तानीका लागि आनाकानी गरिरहेको छ । तसर्थ उक्त रकम भुक्तानीका लागि पहल गरी यथाशीघ्र किसानको रकम निकासा गर्न सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्