खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण

<span class='c1'>खसी बोक्राको उचित मूल्य सुनिश्चित</span> <span class='c2'>गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण</span>

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन तथा अध्ययनको प्रक्रिया अघि बढाइएको छ ।

किसानले आफ्नो उत्पादनको न्यायोचित मूल्य प्राप्त गर्ने वातावरण निर्माण गर्दै उपभोक्तासम्म सहज र पारदर्शी आपूर्ति प्रणाली विकास गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।

उत्पादक र उपभोक्ता दुवैको हितलाई ध्यानमा राखी आवश्यक नीतिगत तथा समन्वयात्मक पहलका बारेमा थप निर्णय छिट्टै सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्