प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

<span class='c1'>प्रधानमन्त्री शाहले आज निर्माण</span> <span class='c2'>व्यवसायीसँग छलफल गर्दै</span>

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बिहान साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ । निर्माण क्षेत्रले लामो समयदेखि भुक्तानीमा ढिलाइ, ठेक्का व्यवस्थापन, लागत वृद्धिका कारण सिर्जित समस्या, कानुनी तथा नीतिगत जटिलता लगायतका विषय उठाउँदै आएको छ । आजको छलफलमा यिनै विषयमा सरकार र निर्माण व्यवसायीबीच प्रत्यक्ष संवाद हुने अपेक्षा गरिएको छ ।

छलफलबाट निर्माण क्षेत्रलाई सहज बनाउने नीतिगत सुधार, विकास आयोजनाको कार्यान्वयनमा देखिएका अवरोध हटाउने उपाय तथा सरकार–निजी क्षेत्रबीचको समन्वय सुदृढ गर्ने विषयमा समेत निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्