प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिन माग

<span class='c1'>प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे</span> <span class='c2'>संसद्मै जवाफ दिन माग</span>

काठमाडौं । सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ । यो हाम्रो रहर भन्दा पनि बाध्यता हो ।’

संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उनले बताइन् । उनले भनिन्, ‘संसद्को नियमित कार्यसूची अवरोध नहोस् र जनताको मुद्ध ओझेलमा नपरून् भन्ने जिम्मेवारबोधका साथ संयन्ता अपनायौँ । तर सरकारले त्यसलाई कमजोरी ठानेको जस्तो स्पष्ट देखियो । प्रधानमन्त्रीको एउटा अभिव्यक्ति , एउटा विचार मात्र हुँदैन त्यो राज्यको आधिकारिक धारण बन्छ ।’ ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा बन्ने उनले बताइन् । उनले भनिन्, ‘नेपालको सीमा र भूमिसँग सम्बन्धी विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश दुवै निर्धारण गर्छ । सीमा नक्साको रेखा मात्र होइन इतिहास, बलिदान, सार्वभैमीकता र भावी पुस्ताप्रतिको दायित्व हो । यसैले यस विषयमा जवाफ दिन संसदमै आउनुपर्छ ।’

नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश निर्धारण गर्ने बताउँदै उनले सीमा नक्साको रेखा मात्र नभई इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको दायित्वसँग जोडिएको विषय भएको धारणा राखिन् । सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सरकारले संसद्मै स्पष्ट जवाफ दिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्